PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

'मिस लिटिल नेवाः' को अडिसनबाट ४० जना छनोट



पहिलोपोस्ट

'मिस लिटिल नेवाः' को अडिसनबाट ४० जना छनोट

काठमाडौं: ‘मिस लिटिल नेवाः’ सौन्दर्य प्रतियोगिताको लागि अडिसनबाट ४० जना प्रतिस्पर्धि छनोट भएका छन्। ७० जनाले दिएको आवेदनमध्यबाट छानिएकाहरु अन्तिम प्रतियोगितामा शिर्ष उपाधीको लागि प्रतिस्पर्धा गर्नेछन्। ‘मिस लिटिल नेवाः’ को ११ औं संस्करण नेप्लिज फेशन होमले आयोजना गरेको हो।

आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले दिएको जानकारी अनुसार लिटिल नेवाः को अडिसन काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, बनेपा तथा स्याङ्जाका प्रतिस्पर्धिहरुले सहभागिता जनाएका छन्। ९ वर्षदेखि १३ वर्ष उमेर समुहका नेवार समुदायका बालिकाहरूले सहभागिता जनाउन मिल्ने प्रतियोगितामा प्रतिस्पर्धीहरूको मनोविज्ञानको विकासका लागि विभिन्न प्रशिक्षण दिइने बताइएको छ। मानन्धरले भनिन्,'राजधानी बाहिर केही जिल्लाको स्थलगत भ्रमण, नेवारहरूको जातीय पहिचान, संस्कृति र परम्पराको जगेर्ना तथा भाषा उत्थानलगायत विभिन्न विषयमा उनीहरुलाई तालिम गराइनेछ।'

कार्यक्रमका लागि रोहिया महर्जन कोरियोग्राफर रहेकी छिन् भने मिस नेवाः सुनिता डंगोलले नेपाल भाषाबारे जानकारी दिने छिन्। त्यस्तै आयोजक संस्थाकी प्रमुख मानन्धरले सहभागीहरूलाई आत्मविश्वास बिकासको प्रशिक्षण दिने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell