PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

टेक्सासमा भएको गोलीकाण्डमा आठ जनाको मृत्यु



पहिलोपोस्ट

टेक्सासमा भएको गोलीकाण्डमा आठ जनाको मृत्यु
फोटो श्रोतः thedailystar.net

हाउस्टन :  अमेरिकी राज्य टेक्सासको उत्तरी भागमा रहेको एक घरमा भएको गोली प्रहारमा संदिग्घ एकजना अपराधीसहित आठ जनाको मृत्यु भएको छ। 

गोली प्रहारबाट हाउस्टनबाट ४१० किलोमिटर उत्तरमा पर्ने महानगर क्षेत्रमा रहेको एक घरमा रहेका सात जनाको मृत्यु भएको हो। साथै सोही घरमा अर्का एकजना संदिग्ध पनि मारिएका छन्। 

गोलीकाण्ड किन र कसले गरेको थियो भन्ने बारेमा केही खुलाइएको छैन। सात जनाको घटनास्थलमा मृत्यु भएको थियो भने एकजनाको अस्पताल पुर्याएपछि मृत्यु भएको थियो। 

गोलीकाण्डमा परी अर्का एकजना घाइते छन्।  घटनामा मारिएका सबैजना युवा युवती रहेका बताइएको छ। तर उनीहरुको पहिचान भने प्रहरीले खोलेको छैन। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell