PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

त्रिशूलीमा ट्रक खस्यो, चालक घाइते



पहिलोपोस्ट

चितवन :  नारायणगढबाट काठमाडौँ गइरहेको ट्रक आज बिहान त्रिशूली नदीमा खस्दा एकजना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार गैँडाकोटबाट बियर बोकेर काठमाडौँ गइरहेको ना५ख ७२९७ नम्बरको ट्रक इच्छाकामना गाउँपालिका–६ जलबिरेबाट त्रिशूलीमा खसेको हो। 

ट्रक त्रिशूलीमा खस्दा चालक मकवानपुरको हाँडीखोलाका ३० वर्षीय उज्ज्वल कँडेल घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार गरिएको प्रहरीले जनाएको छ। 

चालक हाम फालेर बाँचेको भएपनि ट्रक बेपत्ता भएको प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell