PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

पाकिस्तानमा बन्दुकधारीद्वारा चार सिया मुसलमानको हत्या



पहिलोपोस्ट

पाकिस्तानमा बन्दुकधारीद्वारा चार सिया मुसलमानको हत्या

पाकिस्तानः पाकिस्तानमा अतिवादीहरुको आक्रमणमा परी चार सिया मुसलमान मारिएका छन्। 

दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको क्वेटानजिकै रातभर भएको गोली प्रहारमा चार जनाको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका प्रहरी अधिकारी मोहमद खानले जानकारी दिएका छन्। 

मारिएका ती सिया मुसलमानहरु अफगानिस्तान र पाकिस्तानमा अल्पसङ्ख्यक मुस्लिमका रुपमा रहेका सिया हजाराका सदस्यहरु रहेको जनाइएको छ। 

हत्याको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन। पाकिस्तान र अफगानिस्तानमा बारम्बार सुन्नी मुसलमानहरुबाट सिया मुसलमानमाथि आक्रमण हुने गरेको छ। रासस/एपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell