PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

पोखराको सस्तो बजारमा राखेको सिलिन्डर बम सेनाले पार्‍यो निस्कृय



नरहरि पौड्याल

पोखराको सस्तो बजारमा राखेको सिलिन्डर बम सेनाले पार्‍यो निस्कृय

पोखरा :  पोखराको पृथ्वीचोकस्थित सस्तो बजारमा राखेको सिलिन्डर बम नेपाली सेनाले निस्कृय पारेको छ।

फायर बिग्रेडको सिलिन्डमा मोटरसाइकलको व्याट्री जडान गरी राखिएको अवस्थामा सस्तो बजारमा बम फेला परेको थियो।

नेपाल वायुसेवा निगमको स्वामित्वमा रहेको जग्गा सडक व्यपारीले भाडामा लिएर व्यवसाय गर्दै आएका थिए। 

तर, केही समय अघि निगमले टेण्डर प्रक्रियाबाट ठेकेदारलाई ५ वर्षको लागि दिने निर्णय गरेपछि विवाद श्रृजना भएको थियो। पछि स्थानीय प्रशासनले गेटमा ताला लगाएर त्यहाँका व्यापारीलाई निकालेको थियो।

व्यापारीलाई प्रशासनको सहयोगमा निकालेर ठेकदारले नयाँ संरचना निर्माण गर्न डोजर लगाएको बेला सोही स्थानमा बम भेटिएको हो। प्रहरीले बम राख्नेको खोजी भइरहेको बताएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell