PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

सुपथ मूल्य पसलमा उपभोक्ताको भीड



पहिलोपोस्ट

सुपथ मूल्य पसलमा उपभोक्ताको भीड

काठमाडौँ :  दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलमा उपभोक्ताको भीड देखिएको छ। 

नेपाल खाद्य संस्थान, साल्ट टे«डिङ लिमिटेड र नेशनल ट्रेडिङले सञ्चालन गरेको सुपथ मूल्य पसलमा उपभोक्ताको भीड देखिएको छ।

चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएका ती पसलमा बाहिर तोकिएभन्दा सस्तो र गुणस्तरीय सामान पाइने संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिए। 

विशेषगरी ती पसलमा दिउँसोदेखि उपभोग्य सामग्री किन्न उपभोक्ताको भीड लाग्ने गरेको छ। रामशाहपथमा सञ्चालित सुपथ मूल्य पसलमा दैनिक एक सय बोरा चामल बिक्री हुने गरेको संस्थानका पुनितारानी साहले बताइन्। बासमती चामल किन्नका लागि उपभोक्ता बढी आउने गरेका छन्। 

रामशाहपथमा बासमती, जिरा मसिनो, बंगलादेशी उसिना चामल, सोनामन्सुरी, मकवानपुर र ब्राउन बासमती चामल बिक्रीका लागि राखिएको छ।

बामसतीमा प्रतिकिलो १० र अन्य चामलमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिइएको छ। दुग्ध विकास संस्थानले सञ्चालन गरेको पसलमा दैनिक करिब ६० लिटर घ्यू बिक्री हुने गरेको छ। 

सुपथ मूल्य पसलमा कर्णालीको सिमीको दाल, फापर, कोदोको पिठोसमेत राखिएको छ। चाडपर्वका अवसरमा संस्थानले टेकु, थापाथली, सातदोवाटो, कालिमाटी, कोटेश्वर, सूर्यविनायक, जोरपाटी, कलंकी र जावलाखेलमा पसल सञ्चालन गरेको छ। भदौ १६ गतेबाट सञ्चालन भएका ती पसल छठपर्वसम्म चल्नेछन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell