PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

मधेसको नेतृत्व काग्रेसले नै गर्छः प्रकाशशरण महत



पहिलोपोस्ट

मधेसको नेतृत्व काग्रेसले नै गर्छः प्रकाशशरण महत

वीरगञ्जः नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले मधेसको नेतृत्व अब नेपाली कांग्रेसलेनै गर्ने दावी गरेका छन्। 

नेपाल प्रेस युनियनले सोमबार वीरगञ्जमा गरेको पत्रकार सम्मेलनमा महतले मधेस केन्द्रीत राजनीतिक दल र नेताहरुमा राजनीतिक स्थिरता नभएको र हरेक आन्दोलनमा कांग्रेसको नै नेतृत्वदायी भूमिका रहेकाले मधेसको माग सम्बोधन पनि कांग्रेसले नै गर्ने बताए । 

एमाले गालीगलौज गरेर राष्ट्रियता बलियो हुन्छ भन्ने मानसिकताको शिकार बनेको भन्दै महतले आन्दोलनले मात्र राष्ट्रियता बलियो नहुने बताए। 

भ्रमको खेती गर्ने एमालेलाई मधेसी जनताले अस्वीकार गर्नुपर्ने उनल बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell