PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

राष्ट्रसंघले भन्यो– म्यानमारमा रोहिङ्गा समूदायमाथि नियोजितरुपमा ज्यादती



पहिलोपोस्ट

राष्ट्रसंघले भन्यो– म्यानमारमा रोहिङ्गा समूदायमाथि नियोजितरुपमा ज्यादती

जेनेभा :  म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस बंगलादेश विस्थापित भएपछि रोहिङ्गा समुदायका बारेमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार निकायले ध्यानाकर्षण भएको जनाएको छ। 

राष्ट्रसंघीय मानवअधिकार आयोगका प्रमुखले कुनै विशेष जातीमाथि ज्यादती भएको देखिएको र यो कार्य नियोजित रुपमा गरिएको पाइएको भन्दै यसतर्फ म्यानमार सरकारको ध्यानाकर्षण गराएका हुन्। 

यस अवस्थाको अध्ययनका लागि राष्ट्रसंघले प्रयास गरिरहेको पनि उनले बताएका छन्।

यस विषयमा म्यानमार सरकारले भने कुनै प्रतिक्रिया दिएको छैन। दुई हप्तादेखि भइरहेको हिंसामा परी ठूलो संख्याका रोहिङ्गा समुदायका मानिसहरु विस्थापित भएका छन्। करिब तीन लाखको संख्याका म्यानमाली बंगलादेश पुगेका छन्। 

राखिन राज्यमा रोहिङ्गा मुस्लिम समुदायमाथि सुरक्षाकर्मीबाटै आक्रमणका कारण दशौँ हजार व्यक्ति राखिन राज्यभित्र नै विस्थापित भएका छन्।

विस्थापित यी व्यक्तिहरु पहाडी इलाकामा खाद्य पदार्थ, पानी, आवास र औषधि उपचार बिना नै बसेका छन्। 

म्यानमार सरकारले भने उनीहरुमाथि त्यस्तो कुनै हिंसा नभएको दाबी गर्दै आएको छ। सरकारले हल्लाको पछि नलाग्न र देश छोडेर नभाग्न सबैसँग बारम्बार आग्रह पनि गर्दै आएको छ। 

म्यानमारका विदेशमन्त्री एवं म्यानमारका राज्य सल्लाहकार आङ सान सुकीले रोहिङ्गा समुदायका नागरिकमाथि यहाँको सरकारले ज्यादती गरेको भनी दुष्प्रचार मात्र गरेको बताएकी छन्।रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell