PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

७ वर्षपछि एकसाथ आर्यन र रेखा, हेर्नुस् 'रुद्रप्रिया'को ट्रेलरमा



पहिलोपोस्ट

७ वर्षपछि एकसाथ आर्यन र रेखा, हेर्नुस् 'रुद्रप्रिया'को ट्रेलरमा

काठमाडौं: फिल्म 'रुद्रप्रिया'को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। कार्तिक २ रिलिज टार्गेट रहेको फिल्मको ट्रेलरमा लभ, रोमान्स र एक्शन केन्द्रमा रहेको छ।

प्रचारको काम तिब्र बनाएको फिल्म युनिटले ट्रेलर अघि केही फोटोहरु र गीत 'मेरो माया छ भने' बोलको गीत रिलिज गरेको थियो। अभिनेत्री एवं निर्माता समेत रहेकी रेखा थापा र अभिनेता आर्यन सिग्देलले ७ वर्षपछि रुद्रप्रियमार्फत अनस्क्रिन रोमान्स गरेका छन्। यसअघि सात वर्ष पहिले प्रदर्शनमा आएको फिल्म ‘कसले चोर्योि मेरो मन’मा आर्यन र रेखा एकसाथ देखिएका थिए। त्यपछि रेखा र आर्यनले एउटै पर्दामा काम गरेनन्। बोलचाल समेत ठप्प भएको उनीहरुको सम्बन्ध फिल्म रुद्रप्रियले जोडेको छ।

सुदिप बबी भूपाल सिंहको लेखन तथा निर्देशन रहने फिल्म ‘रुद्रप्रिया’ को छायाँकन आउँदो जेठ महिनाको पहिलो सातादेखि सुरु हुनेछ। फिल्मको रिलिज टार्गेट कात्तिक २ गते लक्ष्मी पूजालाई तोकिएको छ। रमेश एमके पौडेल र सरस्वती थापा निर्माताको रुपमा रहेको फिल्ममा संजय लामाको छायाँकन, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell