PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

भन्सार छलेर ल्याइएका २२४ थान ट्याक्सीका मिटरसहित एक जना पक्राउ



पहिलोपोस्ट

भन्सार छलेर ल्याइएका २२४ थान ट्याक्सीका मिटरसहित एक जना पक्राउ

काठमाडौः प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर नेपाल ल्याइएका ट्याक्सीमा जडान हुने मिटर बरामद गरेको छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले ट्याक्सीमा जडान हुने २ सय २४ थान मिटरसहित दोलखाको तामाकोसी गाँउपालिका ६ का २७ वर्षीय धिरेन्द्र फुयाँललाई  आइतवार पक्राउ गरेको हो।

 बरामद गरिएका मिटरको मूल्य २२ लाख रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ। प्रहरीले फुयाँललाई कारवाहीका लागि राजश्व  अनुसन्धान विभागमा बुझाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell