PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

धादिङको बाँदरेमा ट्रक दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते



पहिलोपोस्ट

धादिङको बाँदरेमा ट्रक दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते

धादिङः पृथ्वी राजमार्गको बाँदरेमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। 

धादिङबाट मुग्लिन गइरहेको ग १ ख ४९६४ नम्बरको ट्रक सडकबाट बेनीघाट रोराङ गाउँपालिकाको बाँदरेमा दुर्घटना हुँदा धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ३ चैनपुरका खेमबहादुर छत्कुलीको मृत्यु भएको हो।

ट्रक सडकबाट ३० मिटर तल खसेर भएको थियो । घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell