PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

दशैँमा बसको टिकटका लागि मध्यरातदेखि लाइनमा, ७ घन्टामा बल्लतल्ल टिकट



पहिलोपोस्ट

दशैँमा बसको टिकटका लागि मध्यरातदेखि लाइनमा, ७ घन्टामा बल्लतल्ल टिकट

काठमाडौं : दशैँमा लामो रुटमा यात्रा गर्ने यात्रुहरुलाई बसको टिकट पाउन निकै कठिन भएको छ।  सरकार र यातायात व्यवसायी बीचको विवादका कारण ढिला गरी आजदेखस बुकिङ सुरु भएका कारण बुकिङको पहिलो दिन सर्वसाधरणको लाइन लागेको छ।




टिकटका  लागि गोंगवुस्थित नयाँ र रत्नपार्कस्थित पुरानो बसपार्कमा सर्वसाधरण मध्यरातदेखि लाइनमा बसेका छन्। गोंगबुस्थित नयाँ बसपार्कमा मध्यरातदेखि लाइन बसेर बिहान ७ बजेमात्र टिकट लिएका कैलालीका बिनोद बुढाले बताए। नयाँ बसपार्कबाट पश्चिम, मध्यपश्चिम र सूदुरपश्चिम क्षेत्रमा जाने बहसहरुको टिकट बुकिङ हुने गर्छ।

नयाँ बसपार्कको तुलनामा पूर्वी पहाडी जिल्लाहरुमा जाने यात्रुले टिकट बुकिङ गरिरहेको पुरानो बसपार्कमा भने केही सहज छ। सरकार र व्यवसायी बीच बुकिङका विषयमा विवाद भए पनि पूर्वी पहाडी जिल्लामा यातायात सञ्चालन गर्दै आएको अरनिको यातायात सेवा समितिले ‘सुपर एक्सप्रेस’ बसको टिकट भदौ २२ बाटै उपलब्ध गराएको थियो। मंगलबारदेखि लोकल बस सेवाको टिकटमात्र बुकिङ भएका कारण यात्रुलाई केही सहज भएको समितिको बुकिङ काउन्टरका कर्मचारी कृष्ण कार्कीले बताए। कार्कीले भदौ १० गतेदेखिको अग्रीम बुकिङ भइरहेको बताए।


सरकार र व्यवासायीको विवादका कारण नियमित समयभन्दा एक साता ढिलो बुकिङ सुरु भएको हो। बुकिङ भइरहेका दुबै स्थानमा अशक्त र बृद्ध–बृद्धाका लागि छुट्टै लाइनको व्यवस्था गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell