PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

धादिङको विशालटारमा बस दुर्घटना हुँदा ३१ घाइते



पहिलोपोस्ट

धादिङको विशालटारमा बस दुर्घटना हुँदा ३१ घाइते

मलेखु: काठमाडौंबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको यात्रुबाहक बस आज बिहान सबेरै धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित विशालटारमा दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्।

विशालटारको मोडमा लु २ ख ६६३० नंको बस अनियन्त्रित भई सडकबाट १०० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताए।

४४ जना यात्रु लिएर हिँडेको बस तीव्रगतिका कारण मोडबाट तल खसेको थियो। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं स्थित वीर अस्पताल पठाइएको छ।

बाँकीको मलेखुमा रहेको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । बाँकी १३ जना यात्रु भने सकुशल छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell