PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

सरकारी सेवाको अवसरः सेनाले माग्यो १५० अधिकृत

सरकारी सेवाको अवसरः सेनाले माग्यो १५० अधिकृत

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली सेनाले रिक्त रहेको १५० अधिकृतको पदपूर्तिको सूचना प्रकाशित गरेको छ। समावेशी तथा खुला प्रतिस्पर्धाका आधारमा रिक्त दरबन्दी पदपूर्तिको सूचना प्रकाशित गरेको हो।

सेनाको भर्ना छनोट निर्देशनालयको सूचनाअनुसार खुलातर्फ ८३ जनाको पदपूर्तिको आह्वान भएको छ। यस्तै, महिला १३, आदिवासी जनजाति २२, मधेशी १९, दलित १०, तथा पिछडिएको क्षेत्रबाट ३ जनाको आरक्षण तोकिएको छ।

योग्यता पुगेका उम्मेदवारले भदौ २७ गतेदेखि असोज २५ गतेसम्म दरखास्त दिन सक्नेछन्। दोब्बर दस्तुरमा कार्तिक १ गतेसम्म दरखास्त दिन सकिने व्यवस्था सूचनामा उल्लेख छ।

अधिकृतका लागि आवेदन दिने उम्मेदवारले मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ।

प्रमाणपत्र वा सो सरह शैक्षिक योग्यता भएकाको हकमा उमेर १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको र स्नातक तह उत्तीर्णको हकमा १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ।

दरखास्त फारम भर्ना छनोट निर्देशनालय भद्रकाली, मध्य पृतना हेटौँडा, उत्तर पश्चिम पृतना सुर्खेत, पूर्वी पृतना सुनसरी, पश्चिम पृतना पोखरा, सुदूर पश्चिम पृतना दिपायलमा बुझाउन सकिने निर्देशनालयको सूचनामा उल्लेख छ।



ट्रेन्डिङ पोस्ट

Ncell