PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

यात्राको कहरः दशैँका लागि बसको टिकट लिन लामबद्ध सर्वसाधरण हेर्नुस् फोटोमा

यात्राको कहरः दशैँका लागि बसको टिकट लिन लामबद्ध सर्वसाधरण हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : दशैँका लागि लामो दूरका यात्रुहरुलाई आजदेखि टिकट बुकिङ खुला गरिएको छ। बुकिङ खुला गरिएको पहिलो दिन राजधानीकाे नयाँ बसपार्क तथा पुरानो बसपार्कमा सर्वसाधरणको भीड लागेको छ। अघिल्ला वर्षहरुमा भन्दा एक साता ढिला गरी बुकिङ खुला भएको हो। सरकार र यातायात व्यवसायी बीचको विवादका कारण बुकिङमा ढिलाई भएको थियो। गत शुक्रबार यातायात व्यवसायीसँग भएको समझदारीपछि आजदेखि बुकिङ खुला भएको हो। 

बुकिङको पहिलो दिन यात्रुहरुको लाइन लागेको छ। टिकटका लागि सर्वसाधरणले कष्ट व्यहोर्नु परेको बताएका छन्। टिकटका लागि लाइनमा बसेका सर्वसाधरण हेर्नुस् फोटोमा।
 


ट्रेन्डिङ पोस्ट

Ncell