
पेड्रो ओवियाङ र आन्द्रे आयुले दोस्रो हाफमा गरेको गोल मद्तमा वेष्टहमद युनाइटेडले सिजनको पहिलो जित हात पारेको छ। गएराती भएको प्रिमियर लिगको एक मात्र खेलमा वेष्टहमले नवप्रवेशी हडल्शफिल्डलाई २-० ले पराजित गर्दै पहिलो ३ अंक जोडेको हो।
घरेलु मैदानमा वेष्टहमका लागि ओवियाङले ७२औँ र आयुले ७७औँ मिनेटमा गोल गरेका थिए।
यसअघि ३ खेल हारेको वेष्टहम पहिलो जितसँगै अंक तालिकामा पूछारबाट दुई स्थान माथि उक्लिएको छ। ४ खेलबाट ३ अंक जोडेको वेष्टहम १८औँ स्थानमा छ।
४-४ खेल हारेका बर्नमाउथ र क्रिस्टल प्यालेस अंक विहिन हुँदै अन्तिम दुई स्थानमा छन्।
चौथो चरणको खेल समाप्तिपछि समान १० अंक जोडेको म्यानचेष्टर युनाइटेड र म्यानचेष्टर सिटी क्रमश: पहिलो र दोस्रो स्थानमा छ।