PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

दशैँको बसको टिकट कालोबजारी गर्ने १७ जना पक्राउ



पहिलोपोस्ट

दशैँको बसको टिकट कालोबजारी गर्ने १७ जना पक्राउ

काठमाडौँ: प्रहरीले बसको टिकट कालोबजारी गरी बिक्री गर्ने १७ जना बिचौलियालाई पक्राउ गरेको छ। दशैँका लागि टिकट बुकिङ खुला भएको पहिलो दिन प्रहरी अनुगमनका क्रममा अनधिकृत रुपमा टिकट बिक्री गर्ने १७ जना पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनालले जानकारी दिए।

लामो दूरीका लाटि टिकट बुकिङ खुला भएसँगै प्रहरीले अनुगमन सुरु गरेको हो।

डिआइजी खनालले कालोबजारी गरी टिकट बिक्री गर्ने कसैलाई पनि नछोड्ने दाबी  गरेका छन्। खनालले भने, ‘कसैले तपाईँलाई बढी भाडादर लिएर टिकट बिक्री गर्छ भने हामीलाई खबर गर्नुहोस् हामी कारबाही गर्छौं।’

टिकट बिक्री अनुगमनका लागि सादा पोसाकका प्रहरी परिचालन भएको खनालले बताए। प्रहरीले राजधानीका गौंगबु, कलंकी, नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, कोटेश्वरलगायका टिकट काउन्टरमा प्रहरी खटाइएको छ। सेवाग्राहीको सुविधाको लागि प्रहरीले टिकट काउन्टर नजिकै प्रहरीको अस्थाई सूचना कक्ष पनि सुरु गरेको खनालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell