काठमाडौं : नेपाल धागो उत्पादक संघले पहिलो पटक भृकुटीमण्डपमा सिलार्इ बुनार्इ सामाग्रीको प्रदर्शनी हुने भएको छ।

संघले भदौं ३० गतेदेखि असोज ३ गतेसम्म गर्ने मेलामा नेपाली धागोबाट तयार गरिएको कपडा, होजियारी, सर्टिङ/सुटिङ, निटिङलगायतका सामाग्री राखिनेछ। संघका अध्यक्ष पवन गोल्यानले स्वदेशी धागोको प्रयोग बढाउन पहिलो पटक मेला आयोजना गरिएको बताए। उनले नेपालमा उत्पादन भएका धागोको प्रयोग २० प्रतिशत मात्रै रहेको र ८० प्रतिशत विदेश निकासी हुने गरेको जानकारी दिए।

‘हाम्रो उद्योगले विश्वस्तरीय धागो उत्पादन गर्छ। गुणस्तरका हिसाबले पनि हामी उत्कृष्ट छौं तर, स्वदेशमै हाम्रो खपत कम छ’उनले भने,स्वदेशी धागोको उत्पादन बढाउन मेला आयोजना गर्न लागेका हौं। ‘रिलायन्स स्पिनिङ, त्रिवेणी स्पिनिङ, जय स्पिनिङ र जगदम्वा स्पिनिङ गरेर चार वटा उद्योग छन्। यी चार वटा उद्योगले वार्षिक ४० हजार टन धागो उत्पादन गर्छन्।
धागो उद्योगले पचास हजार रोजगारी दिएको छ। संघका उपाध्यक्ष विष्णु न्यौपानेले रोजगारमूलक उद्योगको रुपमा परिचित भएको धागो उद्योगप्रति सरकारले दृष्ट्रिकोण सकारात्मक नरहेको बताए। ‘स्वदेशी धागो उद्योगलार्इ हेर्ने दृष्ट्रिकोण मात्रै सकारात्मक भएमा यो उद्योगले गुणात्मक फड्को मार्न सक्थ्यो’ उनले भने। हामी वैदेशिक मुद्रा आर्जन गर्ने प्रमुख उद्योगमा पर्छौं। सरकारले केही सहजीकरण गरेमा स्वदेशमै पनि खपत बढाएर यो उद्योगलार्इ प्रभावकारी रुपमा अघि बढाउन सक्थ्यौं। ‘नेपालमा उत्पादन भएको धागो केही वर्षदेखि तेस्रो मुलुकमा समेत निकासी हुँदै आएको छ। नेपालमा उत्पादन भएको धागोको मूख्य बजार भने भारत नै हो।