PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

भेनेजुयलाको आर्थिक संकट समाधानका लागि राष्ट्रसङ्घलाई पोपको आग्रह



पहिलोपोस्ट

भेनेजुयलाको आर्थिक संकट समाधानका लागि राष्ट्रसङ्घलाई पोपको आग्रह
फोटो श्रोतः vox.com

अन बोर्ड द पापाल प्लानः पोप फ्रान्सिसले भेनेजुयलाको मरणासन्न आर्थिक, राजनीतिक तथा सामाजिक सङ्कट समाधानका लागि संयुक्त राष्ट्र सङ्घलाई आग्रह गरेका छन्। 

कोलम्बियाको पाँच दिने भ्रमण सकेर फर्किएपछि पत्रकारसँग कुरा गर्दै पोपले मानवीयता सम्बन्धी समस्या अत्यन्त पीडादायी भएको बताए।

उनले भने,‘यो मानवीयता सम्वन्धी समस्या हो, यसलाई तत्काल सम्बोधन गर्न आवश्यक छ, राष्ट्रसङ्घले यो आफै सुन्नेछ र सहयोग गर्नेछ भन्ने मैले विश्वास लिएको छु।’

भेनेजुयालको गम्भीर संकट अन्त्य गरी शान्ति स्थापनाका लागि पोपले आइतबार विशेष प्रार्थना आयोजना गरेका थिए। 

भेनेजुयलामा खाना र औषधिको अभाव भएकोप्रति उनले ध्यानाकर्षण गराएका छन्। 

गत अप्रिलदेखि सुरु भएको सरकार विरोधी प्रदर्शनका क्रममा भेनेजुयलामा जुलाईसम्ममा १२५ जनाको मृत्यु भएको छ। 

दक्षिण अमेरिकी राष्ट्र भेनेजुयलाका सभामुखले गरिब जनताका लागि खानालगायतका सहयोग पुर्याउने व्यवस्थाका लागि राष्ट्रपति निकोलस मदुरोलाई आग्रह गरिदिन पोपलाई अनुरोध गरेका थिए।

भेनेजुयलामा एक महिनासम्म भएको आन्दोलनका क्रममा सरकारी पक्ष र आन्दोलनकारी पक्षका बीचमा सहमति गराउन भ्याटिकनले मध्यस्थताको प्रयास गरेको थियो। 

पोपले भने,‘मलाई थाहा छैन मदुरोले के सोचिरहनु भएको छ, उहाँले अव के गर्न गइरहनु भएको छ मलाई थाहा छैन।’रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell