PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कांग्रेसका अधिकांश नेता प्रदेश नम्बर-२ मा : किन तोकेन कांग्रेसले जिल्ला कमाण्डर?



रमेश वाग्ले

कांग्रेसका अधिकांश नेता प्रदेश नम्बर-२ मा : किन तोकेन कांग्रेसले जिल्ला कमाण्डर?

काठमाडौं : नेपाली कांग्रेसका अधिकांश नेता प्रदेश नम्बर-२ मा झरेका छन्। 

तेस्रो चरणमा आगामी असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी कांग्रेस सभापतिसहितका पदाधिकारी, पूर्वपदाधिकारीदेखि केन्द्रीय सदस्य र भातृ संगठनका नेतासम्म प्रदेश नम्बर-२ का जिल्लामा केन्द्रीत भएका हुन्। 

उनीहरुले आआफ्नै ढंगले निर्वाचन प्रचार अभियान चलाइरहेका छन्। 

प्रदेशनम्बर दुईका आठ जिल्लाका लागि हरेक जिल्लामा कांग्रेसले मिडिया सेन्टर स्थापना गरेको छ भने प्रचारलाई व्यवस्थित ढंगले संचालन गर्नका लागि जिल्ला तहका प्रचार समिति बनाइएको छ। 

तर, कांग्रेसले प्रदेश नम्बर-२का ८ जिल्ला स्थानीय तह निर्वाचनका लागि केन्द्रीय सदस्य कमाण्डरका रुपमा भने खटाएको छैन। यस अघिका दुई चरणमा भएका स्थानीय तह निर्वाचनमा हरेक जिल्लामा कम्तिमा एकदेखि दुई केन्द्रीय सदस्यलाई कामण्ड तोकेर निर्वाचनको जिम्मा दिए पनि यसपटक त्यसो गरेको छैन।

विगतका दुई निर्वाचनमा कांग्रेसले प्रत्येक जिल्लामा फरक भूगोलबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यलाई कमाण्डर बनाएको थियो।

त्यसक्रममा धनुषाका महेन्द्र यादवलाई डोल्पा पठाइएको थियो भने ललितपुरका उदयशमशेर राणालाई रोल्पा खटाइएको थियो। 

यसरी नैं केन्द्रीय सदस्यहरुलाई हिमालका तराई तथा पूर्वका पश्चिममा खटाइएको थियो। निर्वाचन हुने जिल्लाका केन्द्रीय सदस्यहरुलाई भने केन्द्रले तोकेको कमाण्डरसँग समन्वेय गरी काम गर्ने जिम्मेवारी दिइएको थियो। 

कांग्रेस पार्टी कार्यालयका मुख्य सिचव कृष्णप्रसाद पौडेलले विगतमा जस्तो केन्द्रीय सदस्यलाई जिल्ला नतोके पनि सबैलाई प्रदेश नम्बर(२मा जान आग्रह गरिएको बताए। 

‘यसपटक विगतमा जस्तो फलानो जिल्लामा फलानो केन्द्रीय सदस्य कमाण्डर भनेर तोकिको छैन,’ मुख्य सचिव पौडेलले भने, ‘तर, सबै केन्द्रीय सदस्यहरुलाई निर्वाचन हुने जिल्लामा जान र निर्वाचन जिताउन तथा समस्या भए समाधान गर्न वा समस्या रिपोर्टिङ गर्न भनिएको छ।’ उनले हरेक केन्द्रीय सदस्यलदाई आफूले चाहेको जिल्लामा गएर काम गर्नेगरी सबैलाई जानआग्रह गरिएको बताए। 

किन तोकिएनन् कमाण्डर ?
‘पहिलो कुरा त दुई नम्बर प्रदेशका ८ जिल्लाह पुग्नेगरी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालासहित नेताहरु जानु भएको छ,’ मुख्य सचिव पौडेलले भने,‘उहाँहरुले प्रत्येक दिन दुई जिल्लाका दरले आठ जिल्ला भ्याएर चार दिनमा फर्कनुहुने छ।’ पूर्वपदाधिकारी तथा केन्द्रीय अधिकांश सदस्यहरु प्रदेश नम्बर(२ मा गइसकेको उनले  बताए। 

‘कमाण्डर किन तोकिएन भन्दा पनि यस पटक तोकिएन भनेर बुझ्दा ठिक होला,’ पौडेलले भने, ‘सबै केन्द्रीय सदस्यलाई आफूलाई लागेको ठाउँमा गएर काम गर्न सहज होजस भन्ने नै यसको आसय हुन सक्छ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell