PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

मधेश तराई फोरमका अध्यक्ष अमर यादव फोरम नेपालमा फर्किए



पहिलोपोस्ट

मधेश तराई फोरमका अध्यक्ष अमर यादव फोरम नेपालमा फर्किए

काठमाडौं : संघीय समाजवादी फोरम नेपाल र अमर यादव नेतृत्वको मधेश तराई फोरमबीच पार्टी एकीकरण भएको छ। यादवको घर फिर्ती निर्णयले फोरम नेपालको चुनावी अभियानमा एउटा बलियो इट्टा थपिएको छ।
 
वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दै पार्टीको नीति, सिद्धान्त र एजेन्डामा सहमत हुँदै दुर्इ पार्टी बीच औपचारिक रुपमा एकीकरण घोषणा गरिएको छ।
 
रौतहटमा आयोजित चुनावी सभा एवं पार्टी एकीकरण कार्यक्रममा अध्यक्ष यादव बीच राष्ट्रिय र मधेशका मुद्दाहरुलाई स्थानीय चुनाव, आगामी केन्द्र र प्रदेशको चुनावमार्फत संस्थागत भावी कार्यदिशाका बारेमा पनि विज्ञप्तिमा उल्लेख छ।
 
उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम नेपालमा अमर यादव केन्द्रीय कोषाध्यक्षमा रुपमा सक्रिय भूमिका निर्वाह गरेका थिए। २०६७ सालमा अमरले फोरम नेपाल परित्याग गरी मधेश तराई फोरम गठन गरेका थिए।
 
मधेशमा प्रभावशाली नेताको छवि बनाएका अमर यादव फोरम नेपालमा पुनः फर्किएसँगै मधेशमा स्थानीय चुनावमा पार्टी बलियो भएको केन्द्रीय सदस्य रेवन्त झाले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell