काठमाडौं : बंगाली फिल्म 'यति'को अफिसियल नेपाली ट्रेलर सार्वजनिक भएको छ। यो हिममानव यतिको अस्तित्व खोजीका लागि हुने अनुसन्धान र मानवीय संघर्षको कथा बोल्ने फिल्मको नेपाली भाषामा डबिङ गरिएको ट्रेलर गोपिकृष्ण मुभिजले रिलिज गरेको हो।
उक्त फिल्मको रिलिज मितिसमेत सार्वजनिक गरिएको छ। फिल्म आउँदो असोज ६ गते (२२ सेप्टेम्बर) देशभरका हलमा प्रदर्शन हुनेछ। फिल्म इन्डियामा पनि सोही दिन रिलिज हुन लागेको छ।
प्रजनजित चटर्जी स्टारर फिल्मको सोमबार नै अफिसियल पोस्टरसमेत सार्वजनिक भएको छ।
सुनिल गंगोपाध्याको उपन्यास टेरर अन दी माउन्टेन पिकको कथामा आधारित एड्भेन्चर ड्रामा भारतको एसभीएफ इन्टरटेनमेन्टको निर्माणमा बनेको हो। फिल्ममा नेपाली कलाकारको समेत अभिनय रहेको छ। यो बंगालको पहिलो थ्रीडी फिल्म हो।