PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

आइजिपी नियुक्ति विवाद सम्वन्धी मुद्दाको सर्वोच्चले आज फैसला सुनाउँदै



पहिलोपोस्ट

आइजिपी नियुक्ति विवाद सम्वन्धी मुद्दाको सर्वोच्चले आज फैसला सुनाउँदै

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवाद सम्बन्धी मुद्दाको सर्वोच्च अदालतले आज फैसला सुनाउँदै छ। भदौ १५  गते  मुद्दाको फैसलाका लागि आजको मिति तोकिएको हो।

प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ७ सदस्यीय बृहत् पूर्ण इजलासमा मुद्दाको सुनुवाइ हुनेछ। 

पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदा प्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी बृहत् पूर्ण इजलासमा सदस्य छन्।

सरकारले जयबहादुर चन्दलाई महानिरीक्षक बनाउन गरेको निर्णय बदर गर्दै पहिलो पटक चैत ८ गते सर्वोच्चले कार्य सम्पादन, मूल्याङ्कन र वरिष्ठतामा डिआइजी नवराज सिलवालअगाडि रहेको भन्दै पुनः नियुक्ति प्रक्रिया अघि बढाउन आदेश गरेको थियो।

आदेशविपरित सरकारले चैत २८ गते महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्ति गरेको थियो। उक्त नियुक्तिविरुद्ध सिलवाल पुनः सर्वोच्च पुगेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell