PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

 देश विकासको नेतृत्व नयाँ शक्तिले गर्छः बाबुराम भट्टराई



पहिलोपोस्ट

 देश विकासको नेतृत्व नयाँ शक्तिले गर्छः बाबुराम भट्टराई

जनकपुरधामः नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले तराई मधेसको अविकासको मुख्य कारण भ्रष्टाचार भएकाले मधेसको समृद्धिका लागि भ्रष्टाचार रहित सुशासन अपरिहार्य रहेको बताएका छन्।

जनकपुर उपमहानगरपालिकाको वडा नं. ५ रहमानिया टोलमा आयोजित चुनावी कार्यक्रमलाई सम्बाेधन गर्दै भट्टराईले पुराना पार्टीहरु पूर्ण रुपमा भ्रष्टाचार गतिविधिमा संलग्न भएकाले अब उनीहरुबाट विकास र समृद्धिको अपेक्षा गर्न नसकिने बताए। 

उनले नयाँ शक्तिले मात्र मधेश अनि समग्र देशको विकास र समृद्धिको नेतृत्व लिने दाबी गरे। 

भट्टराईले नयाँ शक्ति पार्टीले प्रदेश नम्बर २ को बृहत्तर विकास र समृद्धिका लागि अयोध्या–जनकपुर सीधा रेल संचालन गर्ने, सुनकोशी–कमलामाई डाइभर्सन निर्माण गर्ने, हुलाकी राजमार्गलाई स्तरोन्नति गरी पूर्ण संचालन गर्नेलगायतका परियोजनाहरु निर्माण गर्ने बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell