PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

मिथिलाञ्चलमा आजदेखि जितिया पर्व सुरु



पहिलोपोस्ट

गौशाला :  मिथिला क्षेत्रकै पवित्र जितिया पर्व महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गरेर आजदेखि सुरु भएको छ । 

तीन दिनसम्म मनाइने यो पर्वमा व्रत बस्नु अघि आजको दिन महिलाले घिरौँलाको पातमा भगवान् जीतमाहन र दिवंगत पितृलाई प्रसाद चढाएर चिउरा, दही र अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) खाने र भोलि बिहान ४ बजेदेखि निराहार व्रत बसेर पर्सी बिहान ८ बजेतिर व्रत सम्पन्न गर्नेछन्। 

सयौँ व्रतालुले जिल्लाको विग्ही, रातो जंगहा, अंकुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर भार्गवसरलगायतका पवित्र सरोवर र नदीमा स्नान गरेर जीतमाहनको कथा पाका व्यक्तिले भन्ने र तन्नेरीले सुन्ने गरिन्छ। 

व्रत बस्नु अघिल्लो दिन (आज) व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सख्खर र तोरीको तेलसहितका पदार्थ चढाउनु पर्छ। 

उपवास बसेका दिन महिलाले डकारे, खकार फाले वा जिब्रो टोके भने व्रत असल भएको मानिने भएकाले खड जितिया पनि भनिन्छ। एक पटक असफल भएकी महिला आजीवन व्रत बस्न पाउँदिनन्। 

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका थिए। त्यसैकारण त्यस दिनदेखि शालिवहानलाई जिमुत बहान नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell