PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

लागू औषधसहित पक्राउ



पहिलोपोस्ट


काठमाडौं : विराटनगरबाट काठमाडौं आउदै गरेको ना.७ ख २१२१ को यात्रुबाहक बसबाट सोमबार प्रहरीले लागूऔषध बरामद गरेका छन्। प्रहरीले नुर्फिन २ सय एम्पुल, फेनारगन २ सय एम्पुल, डाइजेपाम २ सय एम्पुल र एभिन २ सय एम्पुल बरामद गरेको छ।

थप अनुसन्धानका लागि बसकाे सहचालक तेह्रथुम मच्छेहम गाउँपालिका–२ का २६ वर्षीय किशोर दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी काठमाडौं बस्ने गोरखाको घ्यालचोक–४ का २७ वर्षीय रोहित घले, काठमाडौं नागार्जुन नगरपालिका–४ बस्ने तनहुँको बन्दीपुर–७ का २५ वर्षीय मिनबहादुर गुरुङ र काठमाडौं महानगरपालिका–१५ स्वयम्भु बस्ने २३ वर्षीय नविन थापालाई १ केजी लागूऔषध चरेशसहित सोमबार प्रहरीले पक्राउ गरको छ।

काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे नयाँबजारस्थित लागूऔषध चरेश खरिद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले जाँच गर्दा उक्त लागू औषध सहित थापा, गुरुङ, घले र थापा पक्राउ परेका हुन् ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell