PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

मोहन वैद्यले भने–माओवादी केन्द्रसँग एकता हुनै सक्दैँन



पहिलोपोस्ट

मोहन वैद्यले भने–माओवादी केन्द्रसँग एकता हुनै सक्दैँन

सुर्खेत :  नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग कहिल्यै एकता नहुने बताएका छन्। 

पार्टीको प्रदेश बैठकपछि प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले दश वर्षे जनयुद्धको म्याण्डेटअनुरुप काम नभएकाले पार्टीले नयाँ जनवादी क्रान्ति गर्ने र त्यसले आमूल परिवर्तन ल्याउने ठोकुवा गरे। 

असोज २१ गते पार्टीको राष्ट्रिय महाधिवेशन पोखरामा सम्पन्न हुने र महाधिवेशनले नयाँ रणनीति बनाउने बताए। उनले  चुनावमा भाग लिने नलिनेबारे आगामी सचिवालयको बैठकले निर्णय गर्ने अध्यक्ष वैद्यले जानकारी दिए। 

नेपालमा क्रान्तिकारी र अवसरवादी धार रहेको र आफूहरु क्रान्तिकारीसँग मात्रै कार्यगत एकता गरेर जाने उल्लेख गर्दै वैद्यले देशको रूपान्तरणका लागि नयाँ जनवादी क्रान्तितर्फ जानुको विकल्प नरहेकाले सबै राष्ट्रवादी शक्ति एकताबद्ध हुनुपर्ने बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell