PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

फिल्म 'कृ' युनिटले फेरी सार्‍यो रिलिज टार्गेट



पहिलोपोस्ट

फिल्म 'कृ' युनिटले फेरी सार्‍यो रिलिज टार्गेट

काठमाडौं : गत वर्ष नै घोषणा भएको फिल्म 'कृ'को छायांकन सुरुदेखि रिलिज मिति तय गर्नसम्म हल्ला मात्र बढी भएको छ। कहिले फिल्म युनिटको आन्तरिक कारण, कहिले अभिनेत्री अदिति बुढाथोकी इन्डियामा हुनु त कहिले फ्लोरको मौसमलाई बहाना बनाइयो।

२०७४को भदौ ८ रिलिज टार्गेट सहित माघबाट फ्लोरमा निस्किने घोषणा भयो। तर, फिल्म चैतको अन्तिमसम्म छायांकन सुरु भएन। छायङ्कन सुरु हुदाँ निर्देशक सुरेन्द्र पौडेलले पहिलोपोस्टसँग भनेका थिए,'छायांकन ढिला सुरु भए पनि प्रदर्शन धेरै पर सर्दैन।' उनले भदौ १६ सम्ममा फिल्म सार्वजनिक हुने बताएका थिए। फिल्मको प्रोडक्शनको काम नै नसक्किएकाले दोस्रो रिलिज टार्गेट मिट गर्न सकेन।

त्यसपछि फिल्म युनिटले कार्तिक १ मा रिलिज मिति जनाउँदै फिल्मको पोस्टर सार्वजनिक गर्यो। कार्तिकका लागि भने फिल्मको रिलिज पक्का भएको निर्माण युनिटले दाबी गरे। निर्देशकले भनेका थिए, तोकिएकै मितिमा फिल्म आउँछ। आएन भने? उनले फिल्म कार्तिकमा नभए अर्को वर्ष २०७५ मा सार्वजनिक हुने संकेत गरे।

कृका अभिनेता अनमोल केसीले एक वर्षमा एउटा मात्र फिल्म गर्ने हल्ला बीच कृले फिल्म घोषणाबाट फिल्मलाई एक वर्षभन्दा पर धकेलेको छ। किनकी फिल्म युनिटले अब माघलाई रिलिज टार्गेट गरेको छ। माघ २६ गतेका लागि फिल्म रिलिज तय भयो। होस्टेल', 'जेरी', 'ड्रिम्स' र 'गाजलु'बाट नै फ्यान फलोइङ टन्न बनाएका अनमोल फ्यानले अझै केही महिना कुर्न पर्ने भएको छ।

माघ २३मा अन्य दुई नेपाली फिल्म सार्वजनिक हुँदैछन्। श्वेता खड्का र दयाहाङ राई स्टारर फिल्म 'कान्छी' र सुनिल थापा, कर्मा र मेनुका प्रधान स्टारर 'शेरबहादुर'ले पनि सोही दिनलाई रिलिज टार्गेट गरेको हो।

भुवन केसी र सुवास गिरीले संयुक्त लगानीमा निर्माण गरेको फिल्म कृलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। फिल्ममा अनमोल केसी, अदिति बुथोकीका साथै अनुप विक्रम शाही,सरोज खनाल, रुपा राना, कामेश्वर चौरासिया, अमित गिरीलगायतका अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell