PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

३ हप्ता पछाडि हुने भयो 'नेम्पा फिल्म अवार्ड'



पहिलोपोस्ट

३ हप्ता पछाडि हुने भयो 'नेम्पा फिल्म अवार्ड'

काठमाडौं : अमेरिकाको टेक्सासमा हुने भनिएको दोस्रो 'नेम्पा फिल्म अवार्ड' समारोह कार्यक्रम मिति पछाडि धकेलिएको छ। अब अवार्ड कार्यक्रम २०१७ ५ नोभेम्बर (२०७४ कार्तिक १९) गते हुने भएको छ।

यसअघि अवार्ड कार्यक्रम यही १७ सेप्टेम्बरमा हुने बताइएको थियो। मनोनयन घोषणा भएको २० दिनमा अवार्ड कार्यक्रम ढिला हुने जानकारी सार्वजनिक भएको हो। प्राकृतिक प्रकोपका कारण टेक्सासको विभिन्न स्थानमा परेको विपत्तिका कारण अवार्ड कार्यक्रम पछि सार्न परेको जनाइएको छ।

अवार्ड कार्यक्रममा १८ विधाका नेपाली फिल्म र फिल्मकर्मीलाई अवार्ड वितरण गरिने छ। चलचित्र संघले डिएबिएस इन्टरटेन्टमेन्ट टेक्सास, डालससँगको सहकार्यमा आयोजना गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell