PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

कञ्चनपुरको माझगाउँ विमानस्थल सञ्चालनमा नआउँदा पर्यटन व्यवसायी मारमा



पहिलोपोस्ट

कञ्चनपुर :  दुई दशकदेखि बन्द रहेको मझगाउँ विमानस्थल सञ्चालनमा आउन नसक्दा यस क्षेत्रका पर्यटन व्यवसायी मारमा परेका छन्। 

विमानस्थल संचालन नहुँदा महत्वपूर्ण पर्यटकीयस्थल ओझेलमा परेका छन्। हवाई सेवा बन्द हुँदा यहाँ विदेशी पर्यटक आउन सकेका छैनन् । करोडौँ रुपैयाँ खर्चिएर निर्माण गरेको विमानस्थलको भौतिक संरचना जीर्ण भएका छन्। 

हवाई मैदान गौचरण बनेको छ। पर्यटन व्यवसाय प्रवद्र्धनका लागि हवाई सेवा महत्वपूर्ण भएकाले विमानस्थल संचालन गर्न पटकपटक आग्रह गर्दा पनि सरकारले सुनवाइ नगरेको पर्यटन व्यवसायी परमानन्द भण्डारी बताउँछन्। हवाई सेवा नहुँदा यहाँका पर्यटन व्यवसायीले लगानी गर्न नसकेका उनको भनाइ छ। 

हवाई सेवा नहुँदा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, सिद्धबाबा, झिलमिला, बेदकोट ताल, विष्णु मन्दिरलगायतका पर्यटकीय क्षेत्र ओझेलमा परेका छन्। अहिले घुम्न आउने पर्यटकको संख्या नगन्य मात्रामा रहने गरेको छ। 

पर्यटन व्यवसाय प्रवद्र्धनका लागि हवाई यातायात महत्वपूर्ण भएकाले बन्द विमानस्थल संचालन गर्न सम्बन्धित निकायले चासो राख्नु पर्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन्। विसं २०२५ मा निर्माण गरिएको विमानस्थल २०५५ सालदेखि बन्द छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell