PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

महोत्तरीको मनरासिश्वामा कांग्रेसले खोल्यो खाता : दलित महिला सदस्यमा निर्विरोध



पहिलोपोस्ट

महोत्तरीको मनरासिश्वामा कांग्रेसले खोल्यो खाता : दलित महिला सदस्यमा निर्विरोध

महोत्तरीः महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ। नेपाली कांग्रेसकातर्फबाट मनराशिश्वा नगरपालिकाको वडा नम्बर-८ की दलित महिला सदस्य उम्मेदवार संजोगिया देवी निर्विरोध निर्वाचित भएकी हुन्।

मनरासिश्वा नगरपालिकाका निर्वाचन अधिकृत यामबहादुर बानियाँले मनरासिश्वा नगरपालिकाको वडा नम्बर-८को दलित महिला सदस्यमा एकजनाको मात्रै उम्मेदवारी परेको जानकारी दिए। 

निर्वाचन अधिकृत बानियाँले निर्वाचनको गतिविधि चलिरहेकै कारणले अहिलेसम्म विजयी घोषणा गर्न नसकिएको जानकारी दिए। 

बानियाँले निर्विरोधहरुलाई पनि मतपरिणमपछि सबै जनालाई प्रमाणपत्र दिने बताए। 

महोत्तरी जिल्लाका मुख्यनिर्वाचन अधिकृत किरणकुमार पोखरेलले अहिले नै विजयी घोषणा गर्न नमिल्ने बताए। पोखरेले भने, ‘अहिले को को निर्विरोध भयो भन्न सकिँदैन।’

नेपाली कांग्रेस मनरा सिश्वा नगरपालिकाका प्रमुखका उम्मेदवार किशोरकुमार प्रितम तथा वडा नं. ८ का कांग्रेसका वडाध्यक्ष उम्मेदवार अब्दुल सकुर अन्सारीले नेपाली कांग्रेसका सदस्यले खाता खोलेकोमा मतदाताहरुलाई धन्यवाद दिए। मनराशिस्वा को ८ नम्बर वडामा १ हजार ७ सय ५९ मतदाता छन्।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell