PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

रसुवामा चट्याङ लागेर ३६ चौपाया मरे



पहिलोपोस्ट

रसुवामा चट्याङ लागेर ३६ चौपाया मरे

रसुवा : चट्याङका कारण एकै किसानका ३६ चौपाया मरेका छन्। 

प्रहरीका अनुसार सोमबार साँझको चट्याङले नौकुण्ड गाउँपालिका वडा नं २ कलाखर्क, यार्साका किसानले पालेका चौँरीगाई आठ, बाख्रा नौ, गाई १७ र कुकुर दुई वटा मरेका हुन्। 

पारच्याङ प्रहरीचौकीबाट सात घण्टाको दूरीमा रहेको घटनास्थलमा प्रहरी पुगी क्षतिको थप विवरण लिने काम भइरहेको छ। घटनाबाट गोठमा रहेकी ६४ वर्षीया कान्छीमाया तामाङ सामान्य घाइते भएकी र उनको उपचार स्थानीयस्तरमै भएको प्रहरीले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell