PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

सरकारी छाप कीर्ते मुद्दामा दोषी ठहर भई फरार रहेका अभियुक्त पक्राउ



पहिलोपोस्ट

सरकारी छाप कीर्ते मुद्दामा दोषी ठहर भई फरार रहेका अभियुक्त पक्राउ

मेलम्ची :  सिन्धुपाल्चोकमा प्रहरीले नागरिकता प्रमाण पत्र र सरकारी छाप कीर्ते गरी १० वर्षदेखि फरार एक अभियुक्तलाई आज पक्राउ गरेको छ। 

काभ्रेको जिरोकिलोदेखि पिछा गर्दै प्रहरी टोलीले सिन्धुपाल्चोकको चौताराबाट ४९ वर्षीय कुमार पाण्डेलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी प्रमुख मोहनप्रसाद पोखरेलका अनुसार मेलम्ची नगरपालिका–११ स्थायी घर भएका उनी साविक मेलम्ची गाविसका पूर्व उपाध्यक्षसमेत हुन्। 

जिल्ला अदालत चौताराले २०६४ वैशाख १३ गते कीर्ते नागरिकता बनाएको अभियोगमा उनलाई ११ महिना कैद सजाय र एक हजार जरिवाना तथा २०६४ साल माघ १५ गते सरकारी छाप र दस्तखत कीर्ते गरेको अभियोगमा एक वर्ष कैद सजाय र ५० रुपैयाँ जरिवाना तोकेको थियो।

दुवै अपराधमा गरी उनले एक वर्ष ११ महिना कैद सजाय र एक हजार ५० जरिवाना भर्नु पर्ने छ। पाण्डेलाई आजै जिल्ला अदालत चौतारामा उपस्थित गराइएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell