PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

बम राखेको आशंकामा नेकपा कास्कीका सेक्रेटरी तिवारी पक्राउ



पहिलोपोस्ट

बम राखेको आशंकामा नेकपा कास्कीका सेक्रेटरी तिवारी पक्राउ

पोखराः  नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी नन्दप्रसाद तिवारी ‘जगन’लाई जिल्ला प्रहरी कार्यलय कास्कीले पक्राउ गरेको छ। 
प्रहरीले उनलाई बगरबाट मंगलबार बिहान पक्राउ गरेको हो। 

सोमबार पोखराको पृथ्वीचोकस्थित सस्तो बजारमा सिलिन्डर बम फेला परेपछि त्यसको अनुसन्धानका लागि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। 

सस्तो बजारमा फेला परेको सिलिण्डर बमलाई नेपाली सेनाले निष्कृय पारेको थियो। नेकपा कास्कीका इञ्चार्ज रुपेश र सेक्रेटरी जगनले सोमबार राति नै विज्ञप्ति प्रकाशित गरी उक्त बम आफूहरुले नराखेको बताएका थिए। 

तर, प्रहरीले सोमबार नै नेकपा कास्की जिल्ला कमिटी सदस्य गोबिन्द ओली र सहायक संगठन राष्ट्रिय जनस्वयंसेवक कास्कीका सचिव लोकेन्द्र राईलाई पक्राउ गरी अनुसन्धान थालेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell