PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

निगमको जग्गा खरिदमा अनियमितता भएको भन्दै कारवाही गर्न माग



पहिलोपोस्ट

निगमको जग्गा खरिदमा अनियमितता भएको भन्दै कारवाही गर्न माग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी निकटको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नेपाल आयल निगमको जग्गा खरिद प्रकरण तथा बुढीगण्डकी जलविद्युत परियोजना निर्माण गर्न भएको गैरन्यायिक निर्णयमा  अनियमितता भएको भन्दै कारवाही प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ।

संगठनले आयोगलाई ज्ञापन पत्र बुझाउँदै निगमको जग्गा खरिद र बुढीगण्डकी आयोजना ठेक्कामा अनियमितता भएको भन्दै कारवाही अघि बढाउन आग्रह गरेको हो। संगठनको ज्ञापन पत्रमा निगमका कर्मचारी तथा मन्त्रालयसमेतको मिलोमतोमा ‘सीमित जग्गाधनी बीच देखावटी प्रतिस्पर्धा गराउने, मिलेमतोमा दररेट हालेर प्रचलित बजार मूल्यभन्दा बढीमा जग्गा खरिद गरिएको दाबी गरिएको छ।

त्यस्तै, बुढीगण्डकी परियोजना निर्माणका लागि ठेक्कामा ग्लोबल टेण्डर नगरी चिनियाँ कम्पनीलाई दिएको भन्दै संगठनले अनियमितता भएको उल्लेख गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell