PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

सामाजिक सुरक्षा भत्ता अब स्थानीय तहबाट वितरण गरिने



पहिलोपोस्ट

सामाजिक सुरक्षा भत्ता अब स्थानीय तहबाट वितरण गरिने

काठमाडौं :  सरकारले चालु आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ताको रकम ७५३ वटै स्थानीय तहबाट वितरण गर्ने भएको छ। 

यसअघि जिल्ला विकास समितिमार्फत स्थानीय तहमा जाने भएता पनि यस आर्थिक वर्षबाट सिधै स्थानीय तहमा सुरक्षा भत्ता पठाइने केन्द्रीय पञ्जीकरण विभागका महानिर्देशक अनिलकुमार ठाकुरले जानकारी दिए । 

उनले स्थानीय तह नै स्थानीय सरकार भएकाले ती निकायमा सिधै सुरक्षा भत्ताको रकम पठाइने बताए। विभागले स्थानीय तहबाट सुरक्षा भत्ता पाउनेको विवरण प्राप्त हुनसाथ रकम पठाउने तयारी गरेको छ। अहिले भत्ता पाउनेको विवरण स्थानीय तहमा संकलन भइरहेको छ। 

यस आर्थिक वर्ष सामाजिक सुरक्षा भत्ताका लागि करिब ३६ अर्ब विनियोजन भइसकेको छ। गत आर्थिक वर्ष २२ लाख ५५ हजार व्यक्तिलाई करिब ३५ अर्ब ४६ करोड वितरण गरिएको महानिर्देशक ठाकुरले बताए। 

विभागले वर्षेनी तीन/तीन महिनामा ज्येष्ठ नागरिक, बिधवा, अपांग, दलित, लोपोन्मुख र अति गरिबीको सुचांकमा परेका जिल्लाका बालबालिकालाई सो भत्ता वितरण गर्दै आएको छ। 

भत्ता पाउनेको नाममा दोहोरोपना आउन नदिन र भत्ता वितरणमा पारदर्शिता अपनाउनका लागि विभागले भत्ता पाउनेको नामवली अनलाइनमा राख्ने गरेकामा अहिलेसम्म १७ लाख ५० हजारको नाम अनलाइनमा राखिएको महानिर्देशक ठाकुरले बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell