PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

दुई डेब्यु नायिकासँग ‘लिलिबिली’मा प्रदिप खड्का



पहिलोपोस्ट

दुई डेब्यु नायिकासँग ‘लिलिबिली’मा प्रदिप खड्का

काठमाडौं: फिल्म ‘लिलिबिली’बाट दुई नयाँ अभिनेत्रीले डेब्यु गर्ने भएका छन्। युके रहँदै आएका जसिता गुरुङ र रेविका गुरुङ फिल्मका मुख्य अभिनेत्रीको रुपमा रहने भएका हुन्। यसअघि फिल्ममार्फत शिल्पा मास्के लिड भूमिकामा रहने बताइएको थियो।

मङ्गलबार फिल्मको औपचारिक घोषणा कार्यक्रममा यसअघि नै अनुबन्धन घोषणा भएका नायक प्रदिप खड्कासँग देखिने दुई नव नायिकाहरुको परिचय गराइएको हो। फिल्ममा प्रदिप, जसिता र रेविकासँगै अनुपबिक्रम शाहीको पनि प्रमुख भूमिका रहनेछ। ह्याप्पी डेज र ब्लाइन्ड रक्स रिलिज तयारीमा राखेका निर्देशक मिलन चाम्सले लिलिबिली निर्देशन गर्नेछन्। रोमकम जानराको फिल्म लिलिबिलीको साढे दुई करोड अनुमानित बजेट हो।

फिल्मको सम्पूर्ण छायांकन बेलायतको लन्डन र स्कटल्यान्डमा हुने बताइएको छ। कार्तिक अन्तिम सातापछि छायांकन सुरु हुने फिल्मको रिलिज टार्गेट आउँदो चैत ३० गते गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell