PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

राष्ट्रिय फुटसल टिम छनोटका लागि प्रारम्भिक सूचीमा छानिए २७ खेलाडी



पहिलोपोस्ट

राष्ट्रिय फुटसल टिम छनोटका लागि प्रारम्भिक सूचीमा छानिए २७ खेलाडी

काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटसल टिम निर्माण गर्नका लागि राष्ट्रिय लिगमा उत्कष्ट प्रदर्शन गरेका २७ खेलाडीलाई प्रारम्भिबक संचीमा छनोट गरेको छ।

तीन प्रशिक्षक राकेश श्रेष्ठ, राजेश शाही र विष्णु गुरुङले भोलीबाट शुरु हुने क्याम्पका लागि खेलाडीहरु बोलाएका छन्।

एन्फाका अनुसार राष्ट्रिय टिम छनोटका लागि पहिलो चरणमा छानिएका खेलाडीहरुको एन्फा कम्प्लेक्मा बहान ७ देखि ९ बजेसम्म तथा स्वयम्भूमा दिउँसो ३ देखि ५ बजेसम्म क्याम्प हुनेछ।

२७ मध्येबाट छनोट भएका अन्तिम टोलीले आगामी अक्टोबर १३ देखि १५ तारिखसम्म इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिप क्वालिफिकेसनका लागि नेपालको प्रतिनिधित्व गर्नेछन्।

एन्फाले आयोजना गरेको राष्ट्रिय फुटसल लिगपछि राकेश श्रेष्ठकव टोलीले विभिन्न १३ टिमबाट खेलाडी छनोट गरेका हुन्। लिगमा सहभागिता जनाएका १६ मध्ये ३ टिमका कुनै पनि खेला८ छनोटमा परेनन्।


२७ खेलाडीको प्रारम्भिक सूची

सुरज राउत, संजोग चामलिङ राई, निर्मल गुरुङ, अभय राना, अनिस श्रेष्ठ (शंखमुल फुटसल)

मनी लामा, राज शाही, राजेश कुवँर (किक अफ फुटसल)

विनोद गुरुङ, हरी गुरुङ, सन्तोष तामाङ, नवीन लामा, शौरभ थापा मगर, एलन गुरुङ (सामाखुशी फुटसल)

अदिल हमिद, सुमित आले (ढुकु फुटसल हब)

संजोग महर्जन, नेत्र बहादुर श्रेष्ठ (चउर रिक्रिएसनल सेन्टर)

अमित तामाङ, आशिष लामा (बिजी फुटसल)

सुसन श्रेष्ठ, फुटसल एरेना

अरुज सिंह, हरिसिद्धि फुटसल

विजय श्रेष्ठ, स्वयम्भू फुटसल

सविन खड्का, बि जी ब्रदर्स फुटसल

सुरज भुजेल, खालीआरी फुटसल

लक्षमन थापा मगर, रजिनि फुटसल

नितेश महर्जन, धन्वयन्तरी फुटसल

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell