PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

च्याम्पियन्स लिग : मेसीको दुई गोलमा बार्सिलोनाको शानदार जित



पहिलोपोस्ट

च्याम्पियन्स लिग : मेसीको दुई गोलमा बार्सिलोनाको शानदार जित

लियोनल मेसीले दुई गोल गरेपछि युरोपियन च्याम्पियन लिगको गएराति भएको खेलमा बार्सिलोनाले युभेन्ट्सलाई पराजित गर्दै ३ अंक जोडेको छ। घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्साले युभेन्ट्सलाई ३-० ले हरायो।

बार्साका लागि मेसीले दुई गोल गर्दा इभान राकिटिचले एक गोल गरे।

यसै समूहको अर्को खेलमा पोर्चुगलको स्पोर्टिङ सिएफले ग्रीसको ओलम्पियाकवसलाई ३-२ ले पराजित गर्‍यो।

यता नेमार र केएलिन एमबापेले पेरिस सेन्ट जर्मेन पिएसजीका लागि च्याम्पियन्स लिगको डेब्यु खेलमै गोल गरेपछि पेरिसियन क्लबे सेल्टिकलाई ५-० ले हरायो। समूह बी मा सेल्टिकलाई उसैको मैदानमा हाराउन पिएसजीका लागि एडिनसन कभानीले २ गोल गरे भने नेमार र एमबापेले १-१ गोल गरे। सेल्टिकका मिकेल लस्टिङले एक आत्मघाती गोल उपहार दिए।

समूह बी मै जर्मन क्लब वायर्न म्युनिखले दश खेलाडीको एन्डरलेक्टलाई ३-० ले पराजित गर्‍यो। खेलको ११औँ मिनेटमै स्भेन कुम्सले सिधै कार्ड पाएपछि बेल्जियन क्लब दश खेलाडीमा झरेको थियो।

वायर्नका लागि रोवर्ट लेवान्डास्की, थियागो अलकान्टार र जोसुअ किमिचले गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell