PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

च्याम्पियन्स लिग : इंगलिस क्लब चेल्सी र म्यानचेष्टर युनाइटेडको शानदार शुरुवात



पहिलोपोस्ट

च्याम्पियन्स लिग : इंगलिस क्लब चेल्सी र म्यानचेष्टर युनाइटेडको शानदार शुरुवात

इंगलिस क्लबद्वय चेल्सी र म्यानचेष्टर युनाइटेडले युरोपियन च्याम्पियन्स लिगमा विजयी शुरुवात गरेका छन्। युनाइटेडले समूह ए को खेलमा बासेललाई ३-० ले हराउँदा चेल्सीले क्वारावाग एफकेलाई ६-० को फराकिलो अन्तरले पराजित गर्‍यो।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन मराउने फेलाइनी, रोमेलु लुकाकु र मार्कोस रासफोर्डले गोल गरे। यसै समूहको अर्को खेलम रसियाको सिएसकेए मस्कोले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै पोर्चुगलको वेनफिकालाई २-१ ले हरायो।

यता चेल्सीले समूह सी मा अजरवैजानको क्बलालाई पहिलो सहभागितामा आधा दर्जन गोल गर्दा ५ फरक खेलाडीले गोल गरे भने क्वारावागले एक आत्मघाती गोल उपहार दियो। चेल्सीका लागि पेड्रो रोड्रिगेज, डेभिड जापाकोस्टा, सेजा एजपिलिकुएटा, टिमोए बोकाएको र मिच बात्सुईले गोल गरे। क्वारावागका माक्सिम मेदभेदेभले एक आत्मघाती गोल गरे।

यसै समूहको अर्को खेलमा स्पेनको एथ्लेटिको मड्रिड र इटलीको रोमाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell