
काठमाडौं : मलेसियामा भइरहेको एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल र भुटानबीच खेल भइरहेको छ।
टस हारेको नेपालले पहिले फिल्डिङ गरिरहेको छ। मलेसियाको किनरारा ओभलमा भुटानले टस जितेर पहिले ब्याटिङ गरेको हो।
यो समाचार तयार पार्दासम्म भुटानले ३ ओभरमा १ विकेट गुएमार ४ रन बनाएको छ। नेपालका लागि नन्दन यादवले पहिलो विकेट लिएका हुन्।
सुमित महर्जन र विक्रम कुमार भुसाल किशोर महतो र शहाब आलमको स्थानमा आज खेलिरहेका छन्।
नेपालले पहिलो खेलमा थाइल्याण्डलाई २५५ रन हराएको थियो भने भुटान सिंगापुरसँग ९ विकेटले पराजित भएको थियो।
प्रतियोगितामा नेपालसहित कूल ८ टोलीको सहभागिता रहेका छन्।