PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

अब प्रहरी हवल्दारको दर्ज्यानी चिह्न पनि काँधमा



पहिलोपोस्ट

अब प्रहरी हवल्दारको दर्ज्यानी चिह्न पनि काँधमा

काठमाडौं : अब प्रहरी हवल्दारले पनि दज्र्यानी चिह्न काँधमा लगाउन पाउने भएका छन्। प्रहरी हवल्दारले यसअघि पाखुरामा दज्र्यानी चिह्न लगाउँदै आएका थिए। समयानुकूल परिमार्जन भन्दै प्रहरीले हवल्दारको दज्र्यानी चिह्न पनि काँधमा लगाउन पाउने व्यवस्था गरेको हो। यो नियम तत्काल लागू हुनेछ। 

प्रहरी प्रधान कार्यालयले दज्र्यानी चिह्न काँधमा सार्ने सम्पूर्ण गृहकार्य पूरा भइसकेको र केही दिनमा नै हवल्दारले चिह्न काँधमा लगाउन पाउने जनाएको छ। 

चिह्न पाखुरमा हुँदा केही असहज भएकाले काँधमा पुर्यााएको एक अधिकृतले बताए। पहेँलो रंगको तीन धर्के भी आकारको दर्ज्यानी चिह्न प्रहरी हवल्दारले प्रयोग गर्दै आएका छन्। देशभर १३ हजार ६ सय प्रहरी हवल्दारको दरवन्दी रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell