PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

साढे ११ करोडमा गाडी खरिद गर्ने निर्वाचन आयोगको टेण्डर, युनाइटेड ट्रेडर्सले पायो ठेक्का



पहिलोपोस्ट

साढे ११ करोडमा गाडी खरिद गर्ने निर्वाचन आयोगको टेण्डर, युनाइटेड ट्रेडर्सले पायो ठेक्का

काठमाडौं : निर्वाचन आयोगले गाडी खरिद प्रक्रियाको टेण्डरलाई स्वीकृति दिएको छ। आयोगले ३० असारमा आह्वान गरेको टेण्डरअनुसार युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिलाई टेण्डर स्वीकृत गरेको आशय सूचना बुधबार प्रकाशति गरेको छ।

आयोगका अनुसार एउटा गाडीको मूल्य करबाहेक दुई करोड पाँच लाख ३० हजार ९७३ रुपैयाँ रहेको छ। करसहित एउटा गाडीको मूल्य दुई करोड ३२ लाखको हाराहारीमा पुग्छ। युनाइटेड ट्रेडर्सले आयोगलाई पाँच वटा गाडी उपलब्ध गराउनु पर्दछ। सम्झौताको ६० दिनभित्र गाडी उपलब्ध गराइसक्नु पर्नेछ।

गाडी खरिद प्रक्रियामा आयोग पदाधिकारी र तत्कालीन सचिव गोपीनाथ मैनालीबीचको विवादका कारण खरिद प्रक्रिया चर्चामा थियो।

तत्कालीन सचिव मैनालीले विलासी गाडी खरिद रोक्न खोज्दा आफ्नो सरुवा भएको बताउँदै आएका छन्। निर्वाचन प्रक्रिया जारी रहेकै बेला सचिव मैनालीको सरुवा भएको थियो।

गाडी खरिद प्रक्रियासँग जोडेर आफुलाई हटाइएको तत्कालीन सचिव मैनालीको आरोपपछि आयोगको आलोचना भएको थियो। आलोचना सेलाउन नपाउँदै आयोगले खरिद प्रक्रिया अघि बढाएको थियो।
 

यी पनि पढ्नुस् 

निर्वाचन आयोगद्वारा गाडी खरिद प्रक्रिया सुरु, पाँचवटा गाडी किन्न बोलपत्र आह्वान
 

निर्वाचन आयोगमा विलासी गाडी र फजुल खर्च रोक्न खोजेँ, सरुवा गरियो : सचिव गोपीनाथ मैनालीको खुलासा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell