PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

कप्तान दीपेन्द्र लिए ५ विकेट, नेपाललाई ५१ रनको लक्ष्य



पहिलोपोस्ट

कप्तान दीपेन्द्र लिए ५ विकेट, नेपाललाई ५१ रनको लक्ष्य

काठमाडौं : कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएपछि नेपालले एसीसी यू-१९ इस्टर्न कपमा भुटानलाई ५० रनमै अलआउट गरेको छ।

मलेसियाको किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भुटान २८ ओभरमा ५० रन बनाएर अलआउट भएपछि नेपालले ५१ लक्ष्य पाएको हो।

नेपालका लागि कप्तान दीपेन्द्रले ८ ओभर बलिङ गर्दै २३ रन दिएर ५ विकेट लिए। यस्तै सन्दीप लामिछाने ७ ओभर बलिङ गर्दा ३ मेडन राखेर ७ रन दिँदै ४ विकेट लिए। नन्दन यादवले १ विकेट लिए।

नेपालको धारिलो बिलङ सामु टिक्न नसकेको भुटानका लगि दुई खेलाडीले मात्र दोहोरो स्कोर गर्न सके। कप्तान तासी फुन्ट्सोले सर्वाधिक १६ रन बनाए भने ओपनर उग्यन दोर्जीले १३ रन बनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell