PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

प्रदेश नम्बर २ को निर्वाचनमा सुरक्षा चुनौती छैन: प्रहरी



पहिलोपोस्ट

प्रदेश नम्बर २ को निर्वाचनमा सुरक्षा चुनौती छैन: प्रहरी

काठमाडौं : नेपाल प्रहरीले असोज २ गतेका लागि तय भएको प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको सुरक्षा तयारी पूरा भएको जनाएको छ।
प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपानेले सुरक्षा तयारी पूरा भएको बताए। 

डिआइजी न्यौपानेले भने ‘अहिलेसम्म २ नम्बर प्रदेशमा कुनै पनि सुरक्षा चुनौती देखिएको छैन। भारतीय सीमा नाकालाई समेत मध्यनजर गर्दै सम्पूर्ण सुरक्षा व्यवस्था मिलाएका छौँ।’ 

प्रदेश २ मा निर्वाचन सुरक्षाको लागि नेपाल प्रहरीको तर्फबाट २६ हजारभन्दा बढी प्रहरी परिचालन हुने उनले बताए। चुनावमा म्यादी प्रहरी परिचालन हुने छैनन्। पहिलो र दोस्रो चरणको निर्वाचनमा सरकारले ७५ हजार म्यादी प्रहरी परिचालन गरेको थियो।

सुरक्षाका दृष्टिले पहिलो र दोस्रो निर्वाचनको तुलानामा प्रदेश २ बढी संवेदनशील मानिएको छ। तराईमा सक्रिय भूमिगत समूह, सिके राउत, र विप्पल नेतृत्वको माओवादीलाई चुनौतीको रुपमा हेरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell