PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

एसीसी यू–१९ इस्टर्न क्रिकेटमा नेपालको लगातार दोस्रो जित, भुटान ९ विकेटले पराजित



पहिलोपोस्ट

एसीसी यू–१९ इस्टर्न क्रिकेटमा नेपालको लगातार दोस्रो जित,  भुटान ९ विकेटले पराजित

काठमाडौं : एसीसी यू–१९ इस्टर्न क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। नेपालले भुटानमाथि ९ विकेटको सहज जित दर्ता गरेको हो। यसअघि पहिलो खेलमा नेपालले थाइल्याण्डविरुद्ध २५५ रनको जित निकालेको थियो।

भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले ८ ओभर ३ बलमा पूरा गरेको हो। नेपालको इनिङमा आसिफ शेख २३ र अनिलकुमार साह ४ रनमा नटआउट रहे। नेपालको इनिङमा ओपनर सन्दीप सुनारले २१ रनको योगदान दिए।

भुटानका लागि छिरिङ पेनजोरले एक विकेट लिए। 

टस जितेर पहिले व्याटिङ गरेको भुटानले २८ ओभरमा सबै विकेट गुमाउँदै ५० रन बनाएको थियो। नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट थिए। उनले ८ ओभर बलिङ गर्दै २३ रन दिए।

यस्तै सन्दीप लामिछाने ७ ओभर बलिङ गर्दा ३ मेडन राखेर ७ रन दिँदै ४ विकेट लिए। यसैगरी नन्दन यादवले १ विकेट लिए।

नेपालको धारिलो बलिङ सामु टिक्न नसकेको भुटानका लागि दुई खेलाडीले मात्र दोहोरो स्कोर बनाए। कप्तान तासी फुन्ट्सोले सर्वाधिक १६ रन बनाए भने ओपनर उग्यन दोर्जीले १३ रन बनाए।

खेलमा ५ विकेट लिएका नेपालका कप्तान दीपेन्द्र सिंह ऐरी म्यान अफ दि म्याच घोषित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell