PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

दुई सय पाइलट बिदाँमा बसेपछि एअर बर्लिनका सय उडान प्रभावित



पहिलोपोस्ट

दुई सय पाइलट बिदाँमा बसेपछि एअर बर्लिनका सय उडान प्रभावित
फोटो श्रोतः hamodia.com

जर्मनी :  जर्मनीको टाट पल्टेको विमान कम्पनी एअर बर्लिनमा कार्यरत २०० जना पाइलट एकै पटक विरामी भनी मङ्गलबार एक्कासी बिदाँमा बस्दा कम्तिमा १०० उडान प्रभावित बनेका छन्। 

चालकहरूले छोटो समयमा सूचना दिई बिदाँ बसेकाले एटलान्टिक समुद्रपार गरेर जानेसमेत गरी १०० उडान रद्द भएका कारण जर्मनीका कैयौँ विमानस्थलमा यात्रुसमेत अलपत्र परेका थिए। 

विमान कम्पनीका कार्यकारी प्रमुख थोमस विन्कलम्यानले कमजोर अवस्थामा चलिरहेको विमान कम्पनीका उडान नै रद्द गर्नुपर्ने गरी एकै पटक चालक बिदाँ बस्नुलाई ‘आगोसँग खेलेका’ सज्ञा दिँदै भनेका छन्,‘चालकले कम्पनीलाई असहयोग गर्दा कैयौँ लाख अमेरिकी डलर बराबर आर्थिक घाटा व्यहोर्नुपरेको छ।’

यस घटनाले विमान कम्पनीको ख्यातिमा प्रभाव परेको उनले बताए। उनले भने,‘यसरी हामीले केही मात्र कर्मचारी तथा चालकदलका सदस्यलाई रोजगारीको सुरक्षा गर्नसकिने हुन्छ।’

उनले चालकदलले आफ्ना माग पूरा गर्न वार्ताको विकल्प नभएको र सफल वार्ताका लागि उडानलाई नियमित गर्नुपर्ने पूर्वशर्त कम्पनीको रहने बताए। 

जर्मन सञ्चारमाध्यमले विमान कम्पनीलाई नयाँ व्यक्तिले लिएको र विमान कम्पनीमा कार्यरत कर्मचारीको रोजगारी सुनिश्चित गर्नुपर्ने माग राख्दै कर्मचारी तथा चालकहरूले दवाव दिएपछि केही समयदेखि कम्पनीमा समस्या उत्पन्न भएको उल्लेख गरेका छन्। 

एअर बर्लिनले कम्पनी वर्षौदेखि घाटामा गएको र गत महिनादेखि कम्पनीको सबैभन्दा ठूलो हिस्सेदार विमान कम्पनी इतिहादले कम्पनीबाट खर्चदिन रोकेपछि कर्मचारीको तलवसमेत दिएको छैन।

एअर बर्लिनको स्वामित्व हस्तान्तरणका लागि यही शुक्रबारसम्मका लागि आवेदन गरिएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell