PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

टर्कीले रसियाली क्षेप्यास्त्र खरिद गर्ने



पहिलोपोस्ट

टर्कीले रसियाली क्षेप्यास्त्र खरिद गर्ने
फोटो श्रोतः nytimes.com

टर्की : टर्कीले रसियासँग क्षेप्यास्त्र खरिदका लागि सम्झौता गरेको छ। 

अङ्काराको सैन्य फौजका निम्ति रसियाली एस ४०० नामक विमानहरूमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र किन्ने सम्झौतामा हस्ताक्षर गरेको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बताए। 

सम्झौतालाई विवादास्पद भनी संयुक्त राज्य अमेरिका लगायतका विश्वका कतिपय मुलुकले आलोचना गरेका छन्। 

सम्झौताका लागि टर्कीले करिब साढे दुई अर्ब डलर रकम जम्मा गराइसकेको पनि राष्ट्रपति एर्दोगानले बताए। 

एस ४०० क्षेप्यास्त्र प्रणालीले ४०० किलोमिटर परसम्म उडिरहेका विमानमा निशाना लगाउन सक्ने र एकैसाथ दुई वटा क्षेप्यास्त्र प्रहार गर्दै असी वटा निशानामा एकैपटक हान्न सक्ने रसियाले बताएको छ। 

पश्चिमा देशहरुको सैन्य गठबन्धन उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सदस्य राष्ट्रमध्ये टर्कीसँग दोस्रो ठूलो सैन्य फौज रहेको छ। 
पछिल्लो समय टर्कीको अमेरिकासँग सम्बन्ध विग्रिएपछि रसियासँग निकट बन्दै आएको छ। रासस/एएफ्पी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell