PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

फेमिली तेलको उद्योगमा आपूर्तिको छापा, अनुगमन टोलीमाथि सञ्चालकले गरे प्रतिकार



राधेश्याम पटेल

फेमिली तेलको उद्योगमा आपूर्तिको छापा, अनुगमन टोलीमाथि सञ्चालकले गरे प्रतिकार

वीरगञ्ज: फेमिली र साजन तोरीको तेल उत्पादन गर्ने शिवशक्ति घ्यू उद्योगमा आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण विभाग काठमाडौंले छापा मारेको छ।

गएराति विभागका शाखा अधिकृत मोहन पुडासैनीको टालीले जीतपुर सिमरा उपमहानगरको जीतपुर उखु फर्म नजिक रहेको उद्योगमा छापा हानेको हो।

फेमिलीको तेलमा अखाद्य वस्तु फेला परेपछि अनुगमनको क्रममा तेल उत्पादन तथा बिक्रीमा रोक लगाइएको शाखा अधिकृत पुडासैनीले बताए।

इलाका प्रहरी कार्यालय सिमराको सहयोगमा अपराह्न ५ बजे उद्योग परिसर प्रवेश गरेको आपूर्ति विभागको टोलीले राति साढे ८ बजे उद्योगबाट बाहिरिएको थियो। गत साउन महिनामा फेमिली तेलको नमुना परीक्षण गर्दा प्यारेक्साइड भ्यालु १० हुनुपर्नेमा साढे ११ भेटिएको थियो। नमुना परीक्षणपछि तेल गुणस्तरहीन भएको दाबीसहित अनुगमन टोली गोप्य रुपमा बारा आएको थियो।

अनुगमन टोलीले उत्पादनको ६ महिनासम्म उपभोग गर्न सकिने तेलको प्याकेटमा लेखिए पनि गत चैतमा उत्पादन भएको केही तेलका प्याकेट ४ महिनाभित्रै अखाद्य वस्तुमा परिणत भइसकेको विभागको परीक्षणमा फेला परेको थियो।

अनुगमन टोलीले तत्काल उद्योगको उत्पादन तथा बजारमा पठाउन रोक लगाएको छ। निर्देशनको लिखित पत्रसमेत बुझ्न नचाहेपछि मौखिम निर्देशन दिई अनुगमन टोली हेटौँडातर्फ प्रस्थान गरेको थियो।

शिवशक्तिको अर्को प्लान्ट घ्यू उद्योगमा पनि मिसावटको सम्बन्धमा अनुगमन गर्न खोज्दा उद्योगका कर्मचारी तथा सञ्चालकहरुले प्रतिकार गरेपछि अनुगमन टोली सफल हुन सकेन।

करिव आधा दर्जन कम्पनीको तेल परीक्षण गरिएकोमा फेमिलीमा अखाद्य वस्तु पाइएकोले कारबाहीको पहल सुरु भएको अनुगमन टोलीको दाबी छ।

उद्योगका प्रशासकीय अधिृकत सूर्य त्रिपाठीले दशैँको बेला सञ्चालकले माथिल्ला अधिकारीहरुलाई पैसा नदिएपछि घटना भएको आरोप लगाए। तेलको गुणस्तरमा कुनै कमजोरी नरहेको त्रिपाठीको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell