PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

दुई रुपैयाँमा फिल्म 'दुई रुपैयाँ'



पहिलोपोस्ट

दुई रुपैयाँमा फिल्म 'दुई रुपैयाँ'

काठमाडौं : फिल्म 'दुई रुपैयाँ' युनिटले दर्शकका लागि नयाँ योजना सार्वजनिक गरेको छ। दर्शकले दुई रुपैयाँमा फिल्म हेर्न पाउने भएका हुन्। भदौ २९ गते विहीबारका लागि यो योजना लागू हुनेछ।

काठमाडौंको कुमारी हलमा दुई रुपैयाँको नोट लिएर पुग्नेले फिल्म हेर्न पाउने भएका हुन्। यो अफर सुरुवाती सय दर्शकले मात्र फिल्म दुई रुपैयाँ दिएर हेर्न पाउने जनइएको छ। एउटा नोट बराबर एक दर्शकले इन्ट्री पाउनेछन्। योजनाका लागि बिहान ११ बजे कुमारी हलको काउन्टर खुला रहनेछ। फिल्मको शो टाइम भने बिहान बाह्र बजे रहेको छ।



डार्क कमेडी जानराको फिल्म 'दुई रुपैयाँ'मा दुई रुपैयाँको नोटका कारण हुने संघर्ष केन्द्रमा रहेको छ।

फिल्मलाई असिम शाहले निर्देशन गरेका हुन्। निर्मातासमेत रहेका निश्चल बस्नेत, आसिफ शाह तथा कलाकारहरु बुद्धि तामाङ, मेनुका पौडेल, टीका पहारी, रबिन्द्र झा, राजन इशान, विरासत पोखरेल लगायतको अभिनय रहेको छ। फिल्मको युके प्रिमियर पनि तय भएको छ।

निर्देशक असिम शाहले फेसबुकमार्फत समय र स्थान बारे जानकारी दिएका छन्। २२ सप्टेम्बर शुक्रबार अल्डरसट बैंक्वेट हलमा साँझ ६:३० को शो रहेको छ। २३ सेप्टेम्बर सनिबार स्प्यारो रेजिडेन्ट क्लब फेल्टह्याममा दिउँसो ३:३० बजे र २४ सेप्टेम्बर आइतबार साँझ ७:३० मा फिल्म टावर थिएटर फ्लोकस्टोन, केन्टमा देखाइने जनाइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell